खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



ट्रकको ठक्करबाट बेलबारीमा पैदल यात्रुको मृत्यु


 संवाददाता   November 28, 2019   235 जनाले पढ़िसके




बेलबारी नगरपालिका–२ मा सिमेन्ट बोकेको ट्रकको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्रु तेह्रथुमको बसन्तपुरका ७० वर्षीय बलबहादुर लिम्बूको मृत्यु भएको हो ठक्करबाट गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहीबार बिहान ९ः३० बजे मृत्यु भएको हो ।
ट्रक र चालक बाराको निजगढ ९ का ३२ वर्षीय रमेश बड्तौलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।