खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै


 संवाददाता   November 28, 2019   187 जनाले पढ़िसके




प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले बिहीबार एक विज्ञप्ति जारी गरी प्रम ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो । रासस