खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सिस्नो खादाँका फाईदाहरु


 संवाददाता   November 28, 2019   1816 जनाले पढ़िसके




सिस्नोमा फलाम (आइरन), पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन तर, सहरका पाँचतारे होटेलहरूको मेनुमा भने सिस्नोको तरकारी भेटिन्छ । त्यस्तै, ठूला–ठूला सुपरमार्केटमा सिस्नोको धुलो सजिलै पाइन्छ । सिस्नो स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
औषधीय गुण
(सिस्नोमा प्रशस्त मात्रामा फलाम पाइने भएकाले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।
(कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ ।
(पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ । साथै, अपचको समस्या समाधान गर्छ । हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा राहत मिल्छ । सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।
(यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
उपयोग विधि
(सिस्नो बहुउपयोगी वनस्पति हो । विदेशमा यसको अत्यधिक माग हुने भएकाले खेती गरेर निर्यात गर्नसमेत सकिन्छ । सिस्नो जति काट्यो त्यति नै पलाउने गर्छ । त्यसैले यसलाई उत्पादन गर्न सहज छ । सिस्नो विशुद्ध अर्गा्िनक उत्पादन हो । यसमा विषादीको कुनै डर हुँदैन ।
(सिस्नोलाई राम्ररी पखालेपछि उमालेर तरकारी पकाउन सकिन्छ । यसको तरकारीमा नुन, खुर्सानी, लसुन, टिमुर आदि हाल्न सकिन्छ ।
(सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने र तरकारी तथा सुपमा राखेर खान पनि सकिन्छ ।
(सिस्नोलाई राम्ररी पकाएर भात तथा मकैको च्याख्लासँग मज्जाले खान सकिन्छ । आजभोलि सिस्नोको चिया खाने चलन पनि छ । ग्रिन टी जसरी नै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।