खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



धरान उप–महानगरपालिका शुन्य बेरुजु उपमहानगर, कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा बढि बेरुजु


 संवाददाता   November 27, 2019   1866 जनाले पढ़िसके




धरान उपमहानगर र इटहरीमा भ्रष्टचारको आरोप लागि रहेको बेला कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलब्ध गराएको आर्थिक वर्ष २०७६र७६ को आलेप प्रतिवेदनअनुसार बेरुजु नभएको स्थानीय तहको रुपमा सार्वजनिक गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख कोष नियन्त्रण बज्रमोहन कोइरालाले सुनसरीका स्थानीय तहमध्ये दुई उपमहानगर र एक गाउँपालिकामा बेरुजु नदेखिएको बताए ।
भएका स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यसपछि कोशी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ ।
बेरुजु देखिएकाहरुमा प्रक्रिया नपुगी भुक्तानी दिएर असुल गर्नु पर्ने, दिनुपर्ने भन्दा बढी भुक्तानी दिएको जसमा कागजात नमिलेको समेतका कारोवार र कुनै काम गर्न तोकिएको म्याद सकिएपनि काम सम्पन्न नगरेर असुल गर्नु पर्ने रकमहरुलाई बेरुजुमा देखाईएको कोइरालाले जानकारी दिए ।
स्थानीय तहको तहगत बेरुजु विवरण अनुसार सबैभन्दा बढी बेरुजु देखिएको इनरुवा नगरपालिकामा खरिद प्रक्रिया पुरा नभई भुक्तानी दिएर असुल उपर गर्नु पर्ने अथवा प्रक्रिया नपु¥याई भुक्तानी दिएको रकम १९ लाख ७४ हजार ७९० रुपैया रहेको छ ।
जिल्लामा रहेको १२ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकामा गरी आर्थिक वर्ष २०७५र७६मा झण्डै साढे पाँच करोड रुपैया बेरुजु देखिएको छ ।