खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सामाजिक क्षेत्रमा अघि बढ्दै लियो क्लब


 संवाददाता   November 26, 2019   321 जनाले पढ़िसके




एलिना दियाली
मोरङ्गको पथरीमा रहेको समाजिक क्षेत्रमा अघि बढि रहेको लियो क्लब अफ पथरीले सोमबार रत्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रभात सामुदायिक युवा क्लबको रजत जयन्तिको अवसरमा सोहि क्लबको भवन मा भएको रत्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकल भएको थियो।
जिल्ला रेडक्रस सोसाईटी मोरङ्गको प्राविधिक सहयोगमा भएको रत्तदान कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिप कुमार राई,स्वास्थ्य संयोजक मुरारी आचार्य,८ नम्बर वडा अध्यक्ष बाबुराम दाहाल,वडा नम्बर ९ का वडा अध्यक्ष भानुभत्त राई,लायन्स क्लब अफ पथरीका अध्यक्ष लायन रोसन बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।
हामि सेवा गर्छौ भन्ने भावना का साथ सामाजिक कार्य गर्दै अघि बढि रहेको लियो क्लबल अफ पथरीले यहि मङ्गसिर १४ गते उर्लाबारीमा रहेको नमुना बाल आश्रममा खाध्यान्न तथा स्टेशनरी वितरणको कार्यक्रम राखेको सो क्लब की अध्यक्ष लियो एन्जिला पोखरेल ले बताएकी छन् ।