खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



गगन थापाको नारा ः श्री ६ विद्या भण्डारीकी जय, श्री ५ केपी ओलीकी जय, श्री ३ प्रचण्डकी जय


 संवाददाता   November 23, 2019   241 जनाले पढ़िसके




कास्की २ मा मंसिर १४ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनले राजनीतिक माहोल तातिएको छ । विभिन्न दलका शीर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना उम्मेदवारलाई भोट माग्न पोखरा आउने क्रम बढिरहेको छ ।
शुक्रबार पोखरामा कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई भोट माग्न कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र युवा नेता गगन थापा पनि आइपुगे मिनेन्द्र रिजाल कास्कीको चुनावी कमाण्डर बनेर केही दिनदेखि यहीँ छन् ।
पोखरामा शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार भएको आरोप लगाए। शुक्रबार साँझ कांग्रेसले चुनावी र्याली निकालेको थियो ।
चिप्लेढुंगाबाट वरिष्ठ नेताहरुसँगै निस्केको र्याली पृथ्वीचोकमा आएर टुंगिएको थियो। यसअघि कांग्रेसले कास्कीका विभिन्न ठाउँमा चुनावी सभा गरेको थियो । सिमलचौरमा भएको सभालाई सम्बोधन गर्न पुगेका थिए युवा नेता गगन थापा ।
नेता थापाले कांग्रेसको सभामा सम्बोधनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई क्रमश श्री ६, श्री ५ र श्री ३ को संज्ञा दिए ।
सरकार पूर्वराजा ज्ञानेन्द्रले भन्दा पनि बढि निरंकुशता लाद्न अग्रसर भएको उनको आरोप छ। कास्कीमा नेकपाबाट तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईसहित २१ उम्मेदवार चुनावी मैदानमा छन् । थाहाखबर