खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



३३ करोड लागतमा प्रधानमन्त्री निवास बनाइँदै


 संवाददाता   November 21, 2019   187 जनाले पढ़िसके




 

सहरी विकास तथा भवन निर्माण विभागले बालुवाटारमा प्रधानमन्त्रीको नयाँ निवास निर्माण सुरु गरेको छ । पञ्चायतकालमा निर्मित पुरानो भवन भत्काई विभागले ३३ करोड ८० लाख रुपैयाँ लागतमा नयाँ बनाउन लागेको हो ।
नयाँ भवन नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको अर्को भवनमा बस्ने विभाग स्रोतले जानकारी दिएको छ । निर्माण ठेक्का पाएको कन्टेक प्रालिले ०७८ भदौ ११ भित्र नयाँ भवन बनाइसक्ने विभागले जानकारी दिएको छ ।