खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपालबाट हराएको मूर्ति अमेरिकी संग्रहालयमा भेटियो


 संवाददाता   November 21, 2019   229 जनाले पढ़िसके




 

सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ ।
‘यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मुर्तिको फोटो राख्दै ट्वीट गरेका छन् । उक्त मुर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छापिएको थियो ।
उक्त मुर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो । कमलको फूलमा उभिएको उक्त मुर्तिले दुई भगवानको प्रतिनिधित्व गर्छ । मुर्तिको दायाँ भागले भगवान विष्णुको प्रतिनिधित्व गर्छ भने बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुकी श्रीमती)को प्रतिनिधित्व गर्छ ।