खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कर्मचारी परीक्षाको तयारीमा लाग्दा सरकारी कार्यालय भद्रगोल


 संवाददाता   November 21, 2019   196 जनाले पढ़िसके




 

कर्मचारीले कार्यलय समयमा परीक्षाको तयारी गर्न थालेपछि सरकारी कार्यालयको सेवाप्रवाह प्रभावित बनेको छ । कर्मचारीहरूले कार्यालयमा नै बसेर र बिदामा बसेर परीक्षाको तयारी गर्दा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्मका सेवाप्रवाह प्रभावित बनेको हो ।
सरकारीस्तरमा सक्षम प्रशासन बनाउने दृष्टिकोण नहुँदा यस्तो समस्या आएको प्रशासनविद् तथा पूर्वसचिव भीम उपाध्यायले बताए । उनले भने, ‘निजामति सेवामा रहेको कार्यसम्पादनलाई आधार मान्ने भन्दा पनि परीक्षा प्रणालीलाई मात्र आधार बनाउने संस्कार रहेसम्म यस्तो समस्या समाधान हुन सक्दैन ।’
अहिले निजामति सेवा प्रवेश गर्ने तथा बढुवा हुने समय भएकाले प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको उनको भनाइ छ ।
सेवा प्रवेशको उमेरहद घटाउने तथा अनुभव र कार्यसम्पादनलाई महत्त्व दिन सके यस्तो समस्या नआउने उनको दाबी छ ।
लामो समयसम्म खुल्न नसकेका लोकसेवा आयोग र संस्थानलगायत विभिन्न सरकारी कार्यालयले विज्ञापन आह्वान गरेसँगै कर्मचारी पनि परीक्षामा जुटेकाले यस्तो समस्या उत्पन्न भएको कार्यालय प्रमुखले बताए ।
संघीयताको पूर्ण कार्यान्वयन भएको र समायोजनपछि ठूलो संख्यामा कर्मचारी आह्वान भएकाले परीक्षाको तयारी गर्ने कर्मचारीको संख्या उच्च रहेको उनीहरूले बताए ।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने मन्त्रालय, कार्यालय र विभागलाई सेवा प्रवाहमा असर पर्नेगरी कर्मचारीलाई बिदा दिएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने जनाएको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सेवाप्रवाह प्रभावित बनाएर परीक्षा तयारी गर्ने गरेको पाइएमा सम्बन्धित कर्मचारी कारबाहीको भागीदार हुने जनाए ।