खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आसाराको परामर्श कक्ष उद्घाटन


 संवाददाता   November 21, 2019   450 जनाले पढ़िसके




आसरा सुधार केन्द्र धरानमा व्यवस्थित भान्सा घर तथा परामर्श कक्ष बुधबार उद्घाटन गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले भान्सा घरको उद्घाटन गरेकी हुन् । भान्साघरसहित ५ वटा कोठा रहेको परामर्श कक्ष रहेको छ । आसारामा हाल ६२ जना उपचाररत छन् । प्रदेश २ मा सर्लाहीदेखि प्रदेश १ का विभिन्न जिल्लाका मानिसहरु उपचाररत रहेका छन् ।
भवन उद्घाटनको क्रममा प्रदेश १ का प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवाली, सुनसरीका एसपी यज्ञविनोद पोखरेल, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल, संघीय प्रहरी कार्यालय धरानका प्रमुख सौरभ राणा, आसारा सुधार केन्द्र भवन निर्माण समितिका संयोजक तथा पूर्वमेयर मनोजकुमार मेन्याङ्बो लगायतको उपस्थिति रहेको थियो ।