खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



वडा अध्यक्ष हत्या आरोपमा फरार, कार्यवाहक अध्यक्ष घुससहित पक्राउ


 संवाददाता   November 19, 2019   193 जनाले पढ़िसके




 

घुस रकम लिँदै गर्दा मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साह रंगेहात पक्राउ परेका छन् । मंगलबार सडक स्तरोन्नत्तीका लागि ठेक्का दिन घुस मागेका साह घुसबापतको २१ हजार नगदसहित मंगलबार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट रंगेहात पक्राउ गरेको हो । उनले दुई लाख रुपैयाँको योजना ठेक्का दिनका लागि ठेकेदारसँग २१ हजार घुस मागेका थिए । घुस मागेको उजुरी परेपछि साहलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपायोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए ।
जहदा गाउँपालिका १ का अध्यक्ष प्रदीप यादव भने हत्या आरोपमा फरार छन् । यादवसहितको समूहले कुटपिटका कारण विराटनगर महानगरपालिका– १४ का समानन्द यादवको मृत्यु भएपछि वडा अध्यक्ष फरार भएका हुन् । समानन्द हत्या प्रकरणमा जोडिएका विराटनगर १४ का अध्यक्ष बलदेव यादव र विराटनगर १८ का अध्यक्ष सञ्जय साहसहित ९ जना फरार छन् ।
विवाहको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१४ का समानन्द यादवमाथि गत जेठ ३२ गते गरिएको कुटपिट भएको थियो । उपचारका क्रममा उनको असार २७ गते मृत्य भएको थियो । घटनापछि वडा सदस्य साहलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएर उनी फरार भएका थिए ।