खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



वाणिज्य बैंकको रिपोर्ट ः तीन महिनामा तीन बैंकको अर्बमाथि कमाइ


 संवाददाता   November 18, 2019   349 जनाले पढ़िसके




चालु आर्थिक वर्षको तीन महिनामा २८ वाणिज्य बैंकले १६ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुको समग्र नाफामा सामान्य सुधार भए पनि गएको आर्थिक वर्षको यसै अबधिको तुलनामा वृद्धिदर भने घट्न पुगेको छ ।
गएको आर्थिक वर्षको यस अवधिमा कुल २५ प्रतिशतले नाफा बढाएका वाणिज्य बैंकको चालु आर्थिक वर्षको यसै अवधिमा भने ६ प्रतिशत मात्रै नाफा देखिएको छ । गएको आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुको कूल नाफा १५ अर्ब २२ करोड रुपैयाँ थियो ।
बैंकहरुको निक्षेपको लागत बढ्दै गए पनि अनुपातमा ऋणको ब्याज बढ्न नसक्दा नाफा घटेको हो ।
सबैभन्दा धेरै नाफा गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले निरन्तरता पाएको छ । राष्ट्रिय वाणिज्य बैंकसँगै नबिल बैंक र एनआईसी एशिया बैंकले तीन महिनामा अर्बभन्दा माथि नाफा कमाएका छन् । तर अर्बमा नाफा गरे पनि शेयरमा प्रतिफल भने बढेको छैन ।
राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकले पनि १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । एनआईसी एशिया बैंकको नाफा १ अर्ब ४६ लाख छ ।
एनएमबी, ग्लोबल आईएमई, सनराइज, एनआईसी एसिया, सेन्चुरी, नेपाल बंगलादेश र सनराइज बैंकको नाफा उच्चदरमा बढेको छ ।
सबैभन्दा कम नाफा सिभिल बैंकले कमाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा पनि गिरावट आएको छ । यसैगरी यस अवधिमा एनसीसी, सिटिजन्स, सिद्धार्थ, बैंक अफ काठमाण्डु, सिभिल र एसबिआई बैंकको नाफामा गिरावट आएको छ ।
२८ मध्ये ११ बैंकको निष्कृय कर्जा बढेको छ । सेञ्चुरी र नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा बढेको छ । ९ वाणिज्य बैंकले मात्रै खराब कर्जा १ प्रतिशतभन्दा कम राख्न सफल भएका छन् । उज्यालो अनलाईन