खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



योजनाहरु कडाईकासाथ अनुगमन्


 संवाददाता   November 18, 2019   329 जनाले पढ़िसके




मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका विकास निर्माणका योजनाहरु चुस्त रुपमा सञ्चालन गर्न कडाईका साथ निर्देशन दिँदै अनुगमन् समितिले पछिल्लो समयमा ३ योजनाको अनुगमन् गरेको छ ।
वडा नम्वर ३ मा आइतवारे दक्षिणमा कालोपत्रे भइरहेको सडकको संगमचोक क्षेत्रको केही भागमा केही पातलो कालोपत्रे गरिएको पाइएकाले त्यसलाई थप गर्ने निर्देशन सहित टोलीले सडक अनुगमन् गरेको हो । नगरपालिका उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले ५ नम्वरको मौलीबारीमा भएको सडक ग्राभेलको पनि अनुगमन् गरेको छ ।
५ नम्वरको कोठेबारी मैनखाडी पुल निर्माण कार्य जारी रहेको अवस्थाको पनि अनुगमन् गरेको समिति संयोजक वास्तोलाले जनाउनु भयो । त्यसमा पनि भएका केही कमि कमजोरीलाई सुधार्नु पर्ने सुझाव समेत गरेको वताउनु भयो ।
उहाँले स्टमेट अनुसार योजनाहरु चुस्त रुपमा सम्पन्न गर्न उपभोक्ता समिति तथा सम्वन्धित पक्षलाई निर्देशन दिँदै अनुगमन् कार्य कडाईका साथ अघि बढाइएको बताउनु भयो ।