खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सागको खेलाडी छनोटमा क्रिकेट संघको असन्तुष्टि


 संवाददाता   November 16, 2019   362 जनाले पढ़िसके




दक्षिण एसियाली खेदकुद (साग)को खेलाडी छनोटलाई लिएर नेपाल क्रिकेट संघ (क्यान)ले असन्तुष्टि जनाएको छ ।
सागका लागि बिहीबार पुरुष र महिला नेपाली टोलीको घोषणा भएको थियो ।
तर यसबारे क्रिकेट संघलाई पूर्व सूचना थिएन र कुनै परामर्श पनि भएको थिएन । दुबै टिम राष्ट्रिय खेलकुद परिषद् (राखेप)का त्रिकेट प्रशिक्षक जगत टमाटाले सार्वजनिक गरेका थिए ।
क्यानका एक पदाधिकारी भन्छन, ‘प्रशिक्षक उमेश पटवाल र कप्तान ज्ञानेन्द्र मल्लको हस्ताक्षर भएको सूची मिडिया र हामीलाई एकै पटक प्राप्त भयो । यो प्रक्रियामा हाम्रो कुनै संलग्नता छैन
स्रोतकाअनुसार क्रिकेट संघको असन्तुष्टि कोको खेलाडी परे वा परेनन् भन्नेमा भने होइन । क्यान आइसकेको अवस्थामा पनि खेलाडी छनोट प्रक्रियामा बाइपास गरेका उसको असन्तुष्टि हो ।
यसबारे क्यान महासचिव अशोकनाथ प्याकुरेलले तत्काल मुख्य प्रशिक्षक पटवाल र राखेप प्रशिक्षक टमाटालाई सोधेका थिए । दुबैले क्रिकेट संघको निलम्बन फुकुवा नभइसकेको अवस्थामा नै ३५ सदस्यीय प्रारम्भीक टोली बनाएको र त्यसअनुसार नै अन्तिम टोली बनाएको जवाफ दिएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २७ भदौमा नेपाल क्रिकेट संघको निलम्बन सशर्त फुकुवा गरेको थियो । तर क्यानको कार्यालय स्थापना लगायतका कामहरु समेत हुन सकेको छैन । अन्तरिम कार्ययोजना बनाउन आउन भनिएको आईसीसीका प्रतिनिधि अझैसम्म आइनपुगेकाले पनि क्रिकेट संघको कामकारबाहीमा अलमल देखिएको एक सदस्यले बताए ।
यद्यपि क्रिकेट संघले फ्रेन्चाइज लिग खेल्ने क्रिकेटरहरुलाई नो अब्जेक्सन लेटर दिने, सागका लागि जनशक्ति उपलब्ध गराउने लगायतका काम गरिसकेको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को पोखरा टुर र इमर्जिङ टिम्स एसिया कपमा सहभागिताको सबै व्यवस्थापन पनि क्रिकेट संघले नै गरेको थियो । अनलाईन खबरमा छापेको छ ।