खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रदेश २ मा फ्रिज रकम भुक्तानी गर्न सरकारलाई निर्देशन


 संवाददाता   November 16, 2019   371 जनाले पढ़िसके




प्रदेश २ मा उच्च स्तरीय संसदीय छानबिन समितिले गत वर्षको योजनाको फ्रिज भएको रकम भुक्तानीका लागि प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्रदेश २ को संसदीय समितिले आज प्रदेश सभामा पेस गरेको प्रतिवेदनमा गत वर्ष काम भएको योजनाको फ्रिज रकम भुक्तानी गर्न नर्देशन दिएको हो ।
प्राविधिक त्रुटिले भुक्तानी नभएका योजनाहरुको रकम रोकिएपछि सरकारमाथिको जनविश्वास गुम्ने ठहर गर्दै समितिले ८ सय ४२ योजनाको ९१ करोड ३९ लाख ३० हजार ४५ रुपैयाँ भुक्तानीका लागि प्रदेश सभामा प्रतिवेदन बुझाएको हो ।
नेपाली कांग्रेसका सांसद एवं मूल्याकङ्कन समितिका सदस्य शिवचन्द्र चौधरीले १७ पृष्ठको प्रतिवेदन पेश गर्दै योजना अनुगमन र मूल्याङकनको क्रममा एउटै कामको लागि २र२ वटा योजनाहरु फेला परेका समेत बताउनुभयो ।
एउटै काममा २र२ पटक बजेट विनियोजन गरी छुट्टा छुट्टै उपभोक्ता समिति गठन गरेर कार्यदेश दिएको पाइएको उहाँले बताउनुभयो । सांसद चौधरीले भन्नुभयो, ‘उपभोक्ता समितिको काम ठेक्का मार्फत र एउटै योजनामा दुई मन्त्रलायको बजेट दिइएको पाइयो ।’
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कन्सलटेन्टलाई सेवा करारमा समेत नराखी योजनाहरुको मूल्याङ्कन गरेको पाइएको चौधरीले बताउनुभयो । समयको अभाव, सूचना तथा सञ्चारको कमी, जनशक्तिको अभाव, बढी संख्यामा गएको योजनाहरु, अविरल वर्षा तथा बाढीले गर्दा असार मसान्तमा भुक्तानी रोकिएको प्रतिवेदनमा उल्लेख छ ।
अन्तिम समयमा योजनाको सम्झौता हुनु, मन्त्रालयहरुले मातहतको कार्यलयहरुलाई योजनाहरु मात्र थपेर भुक्तानीको अवस्थालाई नजरअन्दाज गरेको ठहर गरेको छ ।
भुक्तानी हुन बाँकी रहेको रकमहरु संघीयता कार्यावयन गराउने उद्देश्यले विशेष छानबिन पश्चात भुक्तानी गर्न समितिले प्रदेश सरकारलाई निर्देशन दिएपनि आगामी समयमा यसलाई नजिरको रुपमा नलिइ निर्धा्रित आर्थिक वर्ष भित्रै काम सम्पन्न गराउन सुझाव समेत दिएको छ ।
उच्च स्तरीय समितिको प्रतिवेदनमाथि प्रमुख प्रतिपक्ष नेकपाका सचेत शुन्दरबहादुर विश्वकर्माले विरोध जनाउनुभयो ।