खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीशनिश्चरेमा २ साहित्यिक कार्यक्रम


 संवाददाता   November 15, 2019   384 जनाले पढ़िसके




पथरीशनिश्चरे, २९ कार्तिक
मोरङको पथरीशनिश्चरे क्षेत्रमा सृजनशीलताको विकासको क्रम बढाउने क्रममा मंसिर पहिलो साता २ वटा साहित्यिक कार्यक्रम हुने भएका छन् ।
सृजना क्षेत्रमा प्रदेशमै सक्रिय वन्दै गरेको एभरेष्ट आर्ट फ्यूजनको ‘सृजना चौतारी’ कार्यक्रम अन्तर्गत त्रैमासिक कार्यक्रममा पूर्वका स्थापित ५ जना सर्जकहरुको सृजना प्रस्तुति हुने भएको छ ।
मंसिर ७ गते एभरेष्ट बोर्डिङको समेत सहआयोजना रहने गरी सोही बोर्डिङमा नगरका पुराना लोकगायक वीरध्वज शिवा, झापा दमकका प्रकाश आङ्देम्वे, पथरीशनिश्चरेका रोहित पराई, भूपेन्द्रराज तिम्सिना र बेलबारीकी ढाकातारा पराजुलीको प्रस्तुति रहने फ्यूजनका अध्यक्ष षडानन्द सुवेदी निश्चलले वताए । शिवाले गीत, आङ्देम्वे र तिम्सिनाले गजल तथा पराई र पराजुलीले कविता प्रस्तुत गर्नेछन् । नियमित कार्यक्रम अन्तर्गतको यो १४ औं श्रृखला हो ।
नगरको वडा नम्वर ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउने भएको छ । जसमा पढन संस्कृतिको विकासका लागि जमर्काे अघि बढाएको पथरीशनिश्चरे बुक क्लबको संयोजनमा मंसिर ६ गते साहित्यिक कार्यक्रमको आयोजना गरि नगरमा सृजनशीलता बढाउने अभियान थालेको अध्यक्ष नविनजंग कार्कीले जनाए । ६ गतेदेखि १२ गते सम्म सप्ताहाव्यापीरुपमा विभिन्न कार्यक्रम हुनेछन् । जसमा, ६ गते विद्यालयस्तरीय हाजिरीजवाफ, ८ गते विद्यालयहरुमा हात धुने तालिम, ९ गते सरसफाई र हण्डिफोर, १० गते महिलाका लागि वात्ती कात्ने र बालबालिकाका लागि मेमेरी पावर प्रतियोगिता हुने छ । ११ गते स्लो मोटरसाइकल रेस र ढल्क्यो जोवान फुटबल प्रतियोगिता तथा १२ गते म्याराथन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम र संस्थाको भवन उद्घाटन् हुने कार्यक्रम छ ।