खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



शनिबारदेखि डोरीतान प्रतियोगिता हुने


 संवाददाता   November 15, 2019   313 जनाले पढ़िसके




आगामी शनिबारदेखि विराटनगरमा डोरीतान प्रतियोगिता सुरु हुने भएको छ । डोरीतान कमिटी मोरङले जिल्लास्तरीय डोरीतान प्रतियोगिता सञ्चालन गर्न लगेको हो ।
डोरीतान कमिटीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दीपकप्रसाद घिमिरेले यस खेलको माध्यमबाट युवालाई खेलकूदमा सक्रिय बनाइने बताए ।
डोरीतान खेलको प्रवर्द्रन गर्न डोरीतान कमिटीले जिल्लाभरी टिम बनाएर शनिबारदेखि विराटनगर रङ्गशालामा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा २० टिम सहभागी हुने अध्यक्ष घिमिरेले बताए ।
प्रतियोगिताको विजेताले ५१ हजार तथा उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ शाखा मोरङको टोलीपनि सहभागी हुने महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बताए ।