खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



इटहरीमा एड्रिन प्रधान र नविनके भट्टराई आउँदै


 संवाददाता   November 15, 2019   340 जनाले पढ़िसके




चर्चित पप गायक नवीन के भट्टराई र एड्रिन प्रधान इटहरी आउने भएका छन ।
इटहरीमा कार्तिक ३० गते हुने कन्सर्टमा उनीहरु आउने आयोजकले बताएको छ । हाम्रो कार्ट काठमाण्डौको मुख्य आयोजनामा कन्सर्ट हुन लागेको हो । हाम्रो कार्टका अध्यक्ष अर्जुन पुरीले इटहरीमा साङ्गितक साझको लागि धुमधाम सँग तयारी भईरहेको बताए । पर्यटन बर्ष २०२० सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको पुरी बताउँछन् ।
गायक एड्रिन प्रधानको ‘खैरो खैरो कपाल’, ‘सारा खुसी’, ‘नभन’, ‘मुटु भरिभरि’, ‘कोहि होस् यस्तो साथी’,’शिशिर झैँ रित्तो’ लगायतका गितहरु लोकप्रिय छन् भने अर्का गायक नबिन के भट्टराईको ‘ए झरी’, ‘खादै नखाको बिष’, ‘तिम्ले हेर्दा’, ‘तिमि हौ लाखौको धड्कन’, ‘डर लाग्छ’, ‘यहि हो त माया’, ‘छैन जुन किन’, ‘मा माया लाउदिन’ लगायतका गीतहरु निक्कै लोकप्रिय छन् । यस कार्यक्रम बाट भएको केहि मुनाफा सामाजिक क्षेत्रमा खर्च गर्ने कार्यक्रमका संयोजक कमल चौधरीले बताए ।
इटहरी २ मा रहेको एकै परिवारको ४ जना अपाङलाई सहयोग गर्ने चौधरीले बताए । नेपाल पर्यटन वर्ष २०२० लाई प्रबर्धन गर्ने उद्देश्यले पूर्वाञ्चल म्युजिक फेस्टिवल नाम दिएर उक्त कन्सर्ट आयोजना गर्न लागिएको कार्यक्रमका सचिव विशाल पुरीले बताए ।