खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फोहोर व्यवस्थापन नहुँदा कन्याममा समस्या


 संवाददाता   November 15, 2019   348 जनाले पढ़िसके




दैनिक सयौ पर्यटकले भ्रमण गर्ने इलामको कन्याममा फोहर व्यवस्थापन नहुँदा समस्या भएको छ । मेची राजमार्गको कन्याम खण्डमा पर्यटकको चाप बढेसँगै फोहर व्यवस्थापनमा समस्या देखिएको हो ।
सडक किनारमा रहेको अधिकांश चिया बगानमा मादक पदार्थका फुटेका बोतलहरु मात्र देखिन्छन् । पिकनिकपछि पर्यटकहरुले प्लास्टिक, सिसा र बचेको खाना चिया बगानमै छोड्ने गरेका छन् । दिसा–पिसाबसमेत बगानमै गर्ने गरेकाले फोहरको समस्या बढ्दै गएको स्थानीयको गुनासो छ । स्थानीय सरकारले कन्यामबाट रकम असुल गरेपनि फोहोर व्यवस्थापनमा काम नगरेको स्थानीयको आरोप छ ।
फोहर संकलनका लागि ठाउँ–ठाउँमा भाँडोहरु राखेपनि पर्यटकहरुले त्यसको प्रयोग नगर्दा समस्या बढेको सूर्योदय नगरपालिकाको भनाइ छ ।