खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आलुको विउ वितरण


 संवाददाता   November 13, 2019   774 जनाले पढ़िसके




 

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले उन्नत जातको आलुको विउ बृद्धि गर्नका लागि २ वटा कृषक समूहलाई पूर्व मुल विउ आलु वितरण गरेको छ ।

कृषि शाखामार्फतको कार्यक्रम अन्तर्गत आज नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा वडा नम्वर १ को पथरी कृषि सहकारी र २ को साकम्वरी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा विउ वितरण गरिएको हो ।

प्रति दाना २० रुपैयाँमा खरिद गरिएको खुमल रातो, जनकदेव सहितका जातको ३ हजार ३ सय दाना पूर्व विउ वितरण गरिएको छ । त्यसबाट उत्पादित विउले नगरमा उन्नत जातको आलुको व्यवसायिक खेती वढाउने अभियान रहेको नगर प्रमुख राईले बताउनु भयो ।