खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सागका लागि २३ वर्षमुनिको फुटबल टोलीको घोषणा


 संवाददाता   November 12, 2019   250 जनाले पढ़िसके




आगामी मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली २३ वर्षमुनिको फुटबल टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सागका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।
१३ औं साग आगामी मंसिर १५ देखि २४ सम्म साग हुँदैछ। नेपाली २३ वर्षमुनिको टोलीमा सिनियर खेलाडीहरू बिकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई समेत समावेश गरिएको छ । टोलीमा बिकेश कुथु, अर्पण कार्की, दिप कार्की गोलकिपर रहनेछन्।
यस्तैगरी डिफेन्डरहरूमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्छेन तामाङ, छिरिङ गुरुङ रहेका छन् भने मिडफिल्डमा सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेशेहाङ आङदेम्बे, तेज तामाङ रहनेछन्।
बिमल घर्तीमगर, अभिशेक रिजाल, रेजिन सुब्बा र अन्जन विष्ट फरवार्डमा रहनेछन्। सागका लागि टोलीको घोषणा गरेपछि मुख्य प्रशिक्षक महर्जनले निक्कै मिहेनत गरेपछि योग्य टोली घोषणा गरिएको र पूरै टोली जितको लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताए ।