खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बंगलादेशका राष्ट्रपति नेपाल आउँदै


 संवाददाता   November 12, 2019   184 जनाले पढ़िसके




बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणमा हमिद नेपाल आउन लाग्नुभएको हो ।
उहाँ अपरान्ह पौने १ बजे त्रिभुवन विमानस्थल आउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयलका अनुसार आज दिउसो ३ बजे राष्ट्रपति हमिद र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिच होटल म्यारीअटमा भेटवार्ता हुनेछ ।
हामिले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भोलि अपरान्ह् भेटवार्ता गर्नुहुनेछ । हमिदले आजै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुहुनेछ ।