खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आज किरात धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती ः विभिन्न कार्यक्रम गरी मनाइँदै


 संवाददाता   November 11, 2019   210 जनाले पढ़िसके




किरात धर्माबलम्वीले सोमबार धुमधामका साथ धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाइरहेका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुमसहित प्रदेश १ का अघिकांश जिल्लामा कार्यक्रम भइरहेको छ ।
सोमबार विभिन्न जिल्लामा किरात धर्म तथा साहित्य उत्थान संघको आयोजनामा विभिन्न कार्यक्रम भइरहेका छन् । संघका ताप्लेजुङ सचिव ज्ञानु फुरुम्बो लिम्बूका अनुसार फुङलिङ नगरपालिकाको काहुलेस्थित किराँत हाङसाम माङहिममा (मन्दिर) शुभकामना आदानप्रदान तथा महागुरुको जीवनीबारे अन्तरक्रियाको आयोजना गरिएको छ ।
त्यसअघि फुङलिङ बजारमा जातिय झाँकीसहितको ¥याली निकालिएको छ । संघले आइतबार कविता प्रतियोगिता गरेको थियो । इलामको माङसेवुङसहित विभिन्न स्थानमा कार्यक्रम भइरहेका छन् । तेह्रथुममा पनि कार्यक्रम भइरहेको छ ।