खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलले दिए राजीनामा


 संवाददाता   November 10, 2019   273 जनाले पढ़िसके




सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।
पौने १६ करोड कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । यद्यपि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीले भने राजीनामा कार्यालयमा दर्ता भइनसकेको बताएका छन् ।
महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित उनीसहित १६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको थियो । त्यससता उनी फरार रहेका थिए ।