खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फास्ट ट्रयाक आयोजना प्रमुख श्रेष्ठलाई जिम्मेवारीबाट हटाईयो


 संवाददाता   November 8, 2019   349 जनाले पढ़िसके




तराई जोड्ने द्रुतमार्ग’ आयोजनामा अनियमितताको उजुरीपछि नेपाली सेनाले गठन गरेको आन्तरिक छानबिन समितिले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रतिवेदन बुझाएको छ ।
करीब ७३ किलोमिटर लामो द्रुतमार्ग निर्माण प्रक्रियाको सुरुआतमै अनियमितताको उजुरी परेपछि प्रधानसेनापति थापाले बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा छानबिन समिति गठन गर्नुभएको थियो । सो समितिले प्रधानसेनापति थापालाई प्रतिवेदन हस्तान्तरण गरिसकेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।
तर, आयोजनामा अनियमितता भएको देखियो वा देखिएन भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । छानबिनका क्रममा गिरी नेतृत्वको समितिले आयोजनाको नेतृत्व गरेका अवकाश प्राप्त प्राविधिक उपरथी योगेन्द्र खाँडसँग पनि बयान लिएको थियो ।
यसैबीच, खाँडपछि फास्ट ट्रयाक आयोजनको प्रमुख बनेका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई जिम्मेवारीबाट हटाईएको छ । अनुसन्धान अवधिभर श्रेष्ठलाई जिम्मेवारीमुक्त गरिएको सैनिक स्रोतको दाबी छ ।
द्रुतमार्ग बनाउन सरकारले २०७४ साउन २७ गते नेपाली सेनालाई जिम्मेवारी दिएको थियो । सेनाका अनुसार नयाँ डीपीआर स्वीकृत भएपछि अहिले परामर्शदाता छनोटको प्रक्रिया चलिरहेको छ ।
सो आयोजना ४ बर्षमा सक्ने लक्ष्य सेनाले लिएपनि अहिलेसम्म १२ प्रतिशत मात्रै काम भएको छ । भने आयोजनाको लागत बढेर करसहित १ खर्ब ७५ अर्ब पुगेको छ ।