खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक


 संवाददाता   November 6, 2019   226 जनाले पढ़िसके




२० कार्तिक २०७६
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार उद्घाटनअघिनै भलिबलका खेलहरु सुरु हुने भएका छन् । तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन्
सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएता पनि त्यसअघि भलिबलका तीन खेलहरु हुनेछन् । उद्घाटन अगाडि प्याराग्लाइडिङ र उसुका खेल पनि हुने छन् ।
उसुको खेल मंसिर १३ बाट १९ सम्म ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा फिटनेश सेन्टरमा हुनेछ । प्याराग्लाइडिङ मंसिर १४ बाट २३ गतेसम्म पोखरामा हुनेछ ।