खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रदेश ५ को केन्द्र दाङ नै बन्ने प्रचण्डको दाबि


 संवाददाता   November 6, 2019   347 जनाले पढ़िसके




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन्। उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्यांकन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारे।
प्रेस सङ्गठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गरे।
अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको अर्थ्याए। ’सरकारले लचिलो भएर मात्रै उनीहरूलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो।’
उनले उपनिर्वाचन सफल बनाउन नेतार कार्यकर्तालाई लाग्न अनुरोध गर्न आफू यहाँ आइपुगेको बताए। ’उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, उनले भने, ’सबै मिलेर यसलाई सफल बनाउनुपर्छ।’ नेकपा दाङले बुधबार तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन्।
नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि दाङ आइपुगेका छन्।
नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलोपटक दाङमा बृहत कार्यकर्ता प्रशिक्षण आयोजना गर्न लागेको हो। प्रशिक्षण कार्यक्रम पार्टी एकता, पार्टीको नीति, विचार, आसन्न उपनिर्वाचन लगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।