खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



हिलेमा हाउजी खेल सङै चर्चित गायक राजु लामाको सांगेतिक कार्यक्रम हुने


 संवाददाता   November 3, 2019   840 जनाले पढ़िसके




  1. हिलेमा हाउजी खेल सङै चर्चित गायक राजु लामाको सांगेतिक कार्यक्रम हुने
    धनकुटामा हिले व्याटमिन्टन क्लब र सृजनशील साँस्कृतिक समुह हिलेको आयोजनामा बृहत सास्कृतिक कार्यक्रम तथा हाउजी खेल हुने भएको छ ।
    हिलेस्थित कार्तिक १८ गते सोमबार हुने कार्यक्रममा हाउजी खेलसँगै नेपालको चर्चित व्यान्ड मंगोलियन हार्टका भोक्लिस्ट राजु लामाले बेजोड प्रस्तुति दिने व्याटमिन्टन क्लब हिलेका अध्यक्ष राम गोङवा तामाङले जानकारी दिए ।
    हाउजी खेल बिजेतालाई चौबिस क्यारेक्टको ३ तोला सुन प्रदान गरिने क्लबका महासचिव सञ्जिव तितुङले बताए । बृहत साँस्कृतिक कार्यक्रममा चर्चित गायक राजु लामासँगै स्थानीयको समेत बेजोड प्रस्तुति रहेने आयोजकले जानकारी दिए ।