खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



छठमा जनकपुरधामबाट नेपाल भ्रमण वर्षको प्रचार


 संवाददाता   October 30, 2019   498 जनाले पढ़िसके




केन्द्र र प्रदेश सरकार मिलेर जनकपुरबाट नेपला भ्रमण वर्ष २०२० को प्रचार सुरु गर्ने भएका छन् । छठ पर्वको अवसरमा भोलि बिहीबार शुभकामना आदान प्रदान तथा भ्रमण वर्ष प्रवर्द्धन कार्यक्रम राखिएको छ
पवित्र धार्मिक सांस्कृतिक स्थलबाट भ्रमण वर्षको प्रवर्द्धन कार्यक्रम थालनी गर्न लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । बुधबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले भने, यो कार्यक्रमको उद्देश्य भ्रमण वर्ष २०२० लाई जनकपुर र प्रदेश नम्बर २ मा प्रवर्द्धन गर्ने र देशभरका मानिसहरुलाई पनि सन्देश दिनु हो ।’
भोलि जनकपुरस्थित तिरहुतिया गाछीमा दिउँसो १ देखि ४ बजेसम्म कार्यक्रम राखिएको छ ।
जनकपुरधाम घुम्न आउने पर्यटकहरुको बसाई लम्ब्याउन वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । निर्माणधीन जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २३ महिनामा पूरा भएर सञ्चालनमा ल्याउने समेत उनले बताए ।
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले प्रदेश २ मा भ्रमण वर्ष मनाउन संघीय सरकारले देखाएको तदारुकदा स्वागत योग्य भएको बताए ।
तर प्राविधिक तयारी गर्न नसक्नु कमजोरी भएको बताए । संघीय सरकारले मन्त्रालयका सचिवलाई स्थायी रुपमा बस्न नदिँदा पनि समस्या भएको मन्त्री रायले बताए ।