खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



खोटाङमा बस दुर्घटना, १४ यात्रु घाइते (अपडेट)


 संवाददाता   October 30, 2019   285 जनाले पढ़िसके




खोटाङ सदरमुकाम दिक्तेलबाट धरानतर्फ जाँदै गरेको एउटा यात्रुवाहक बस बुधबार बिहान आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। को १ ख ६३२० नम्बरको यात्रुबस खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–१० बिजुलेस्थित कामीडाँडामा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको छ। यो बसमा चालकसहित १५ जना सवार थिए।


दुर्घटनापछि बस चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरु १. सुरेश विक २. अमृत भुजेल ३. मनकुमार राई ४. आकाश राई ५. मिलन आचार्य ६. कल्पना आचार्य ७. प्रताप रिजाल ८. प्रकाश रिजाल ९. सुमन आचार्य १०. मनिसा बिक ११. मन्दिप बिक १२. समीक्षा बिक १३. खामबबहादुर बिक १४. योगेन्द्र आचार्य रहेका छन् ।