खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



निर्धारित समय अगावै बन्यो राप्तीमा नेपालको दोस्रो लामो पुल


 संवाददाता   October 30, 2019   162 जनाले पढ़िसके




दाङ देउखुरीको राप्ती नदीमा नेपालकै दोस्रो लामो पुल बनेको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल पूर्व्निर्धा्रित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको हो ।
यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । गेरुवा पुल भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।
गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले दाङको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । गेरुवा पुल तोकिएको अवधिभन्दा अघि नै सम्पन्न गरेर यो कम्पनी नेपाल सरकारबाट पुरस्कृत भएको थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते राप्ती नदीको बगरमा पुल शिलान्यास गरेका थिए । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्ष्भित्र बनाइसक्ने सम्झौता भएको थियो ।
तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको योजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए । यो पुलको उदघाटन माघ महिनामा गर्ने तयारी भइरहेको पनि पन्तले बताए ।
अहिले पुल निर्माण सकेर पुलसम्म पुग्ने बाटो मर्मतको काम भइरहेको छ । बाटो बनाउने काम पूरा नहुँदा यातायातका साधन चलेका छैनन् । पैदलयात्री र्भयाङ हालेर पुलमा उक्लिने गरेका छन् ।
पुल नहुँदा सिसहनिया(महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपर्थ्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ । यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनिया गाविसका बासिन्दा लाभान्वित भएका छन् ।
अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे(भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।
अनलाईनखबर