खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



छठ पर्व नजिकिँदै जादा माटाका भाँडाको व्यापार फस्टाउँदै


 संवाददाता   October 30, 2019   227 जनाले पढ़िसके




कार्तिक १३, २०७६
यति बेला सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १० महेशपुर गाउँका रामनरायण पण्डितलाई माटाका भाँडाकुडा बनाउन भ्याइ नभ्याइ छ । छोरा,छोरी, भाई, आमा, बुवासहित उनको परिवार नै छठका लागि माटाका हात्ती, गाग्री, कोसियालगायत सामान बनाउन व्यस्थ छन् ।
कमाउने सिजन नै यही भएकाले स–परिवार व्यस्त बनेको पण्डित बताउँछन् । उनका अनुसार छठका लागि आवश्यक पर्ने हात्ती, पालासहित करिब २ हजार सेट सामान बनाउने उनल ेबताए । अहिले सम्ममा ६ सय सेट सामान बनाएका छन ।
उनको घरआँगन यति बेला माटाका भाँडाकुडाले भरिएको छ । पालालगायतका भाँडाकुडा घाममा सुकाउन राखिएकाले आँगन पस्न पनि समस्या हुन्छ । घरभित्र पनि भाडावर्तनकै चाङ लागेको छ । अहिले छठ पर्वको लागि सामानहरु बिक्रीका लागि बजार लैजाने उनको योजना छ । विगतमा यस्ता सामान अत्याधिक माग हुने भए पनि आजभोली यसको माग घटेको उनले सुनाए ।
प्लास्टिक र विद्युतीय सामग्रीका कारण माटाका सामानको माग घटेको उनको भनाइ छ । ‘माटाका भाँडाकुडा बनाएर बेच्नु हाम्रो पुख्र्याैली पेसा हो’, उनी भन्छन, ‘तर, प्लास्टिकका सामान आइसकेपछि पेसा नै संकटमा परेको छ ।