खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



वार समुदायले म्हः पूजा भोलि मनाउने


 संवाददाता   October 28, 2019   253 जनाले पढ़िसके




कार्तिक ११, २०७६
नेवार समुदायले मनाउने म्हः पूजा कहिले भन्ने विषयमा दुई मत देखिएको छ । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै म्हः अर्थात आत्मपूजा मनाउँदै छन् भने, केहीले भोलि मात्र मनाउने भएका छन् । आज म्हः पूजा मनाउनेले भोलि भाइटीका लगाउने तयारी गरेका छन् ।
नेपाल भाषा मंकाः खलले भने भोलि म्हस् पूजा र पर्सि बुधबार मात्र किजा पूजा गर्ने निर्णय गरेको छ । तर, यस वर्ष नेपाल पञ्चांग निर्णायक समितिले भने भाइटीकाको दिन भोलि म्हः पूजा गर्नुपर्ने निर्णय गरेको छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम यस वर्ष तिथि घटबढका कारण भाइटीका र म्हः पूजा एकै दिन परेको बताउनुभयो ।
हिन्दू तथा बौद्ध दुवै समुदायका नेवार समुदायले म्हः पूजा भाइटीकाको अघिल्लो दिन मनाउने गर्दथे । तर, यस वर्ष तिथि घटबढका कारण भाइटीका र म्हः पूजा एकै दिन परेको छ ।
सोही कारण काठमाडौं उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायमा म्हः पूजामा अलमल भएको धर्मशास्त्रका जानकार तेज मजर्हनले बताउनुभयो । नेपाल भाषा मंकाः खलको निर्णय अनुसार उपत्यकाका नेवार समुदायले भोलि मात्र म्हः पूजा मनाउने भएको छ ।