खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आगलागीमा परी बालकको मृत्यु


 संवाददाता   October 28, 2019   285 जनाले पढ़िसके




 

पथरी, मोरङको पथरीश्निश्चरे नगरपालिका ५ कोठेबारीमा गएराती आगलागी हुँदा ४ वर्षीय बालकको मृत्यु भएको छ । लक्ष्मी पुजाको दियो बालेर छोडिएको ठाउँबाट आगो सल्किएर युवराज गिरीको छोरा युग्सनको ज्यान गएको हो ।

लक्ष्मी पुजा गरेर आमा अर्को नानी लिनका लागि छिमेकमा गएका बेला आगो सल्किएको थियो । बाबु युबराज रोजगारीको क्रममा काठमाडौँमा पारिवारले जानएका छन् ।

टिनको छानो भएको घरमा आगलागी हुँदा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । सो आगलागीबाट अन्दाजी १० देखि १२ लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन् । शब पोस्ट मार्टमका लागि स्वास्थ्य चौकी मंगलबारे लगिएको छ ।