खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



एभरेष्टको देउसी भैलोमा बालन र संगीनी


 संवाददाता   October 28, 2019   1029 जनाले पढ़िसके




 

पथरीशनिश्चरे, ११ कार्तिक

दिपावलीको अवसरमा मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पूर्वमै सक्रिय एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मौलिक लोपोन्मुख संस्कृति संरक्षणको सन्देश दिँदै बालन र संगीनी सहितको ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

हिजो पहिलो दिन वडानम्बर ३ को पिपल चोकबाट सोही वडाको भूवनेश्वर पोखरेलको अगुवाईमा पाभीभरा भजन किर्तन मण्डलीले बालन, खैंजडी र राधिका घिमिरेको अगुवाईमा पिपलचोक संगीनी समूहले संगीनी प्रस्तुत गरेर संस्कृति संरक्षणको सन्देश प्रवाह गरेको छ । त्यहाँ वडा सदस्य देवीप्रसाद घिमिरेको अगुवाईमा देउसी तथा गीत र नृत्य समेत प्रस्तुत गरेर मौलिकता संरक्षणमा थप प्रोत्साहित गरिएको छ ।

त्यहाँको वीरेन्द्रनगर, सुवेदीचोक, १ नम्वरको मन्दिर लाईन र लोकतान्त्रिक चोकमा गीत, नृत्य, बालन, खैंजडी, कविता, गजल, मुक्तक सहितको सृजनात्मक कार्यक्रम प्रस्तुत भएको संस्थाका अध्यक्ष षडानन्द सुवेदी निश्चलले बताउनु भएको छ ।

कार्यक्रममा, भूपेन्द्र तिम्सिना, कृष्णप्रसाद अधिकारी, भूमिप्रसाद पाठक, दिपक दियालो, राजेन्द्र विवश सहितले आफ्ना रचना समेत प्रस्तुत गर्नुभयो ।

सो कार्यक्रमको सामुहिक मौलिक नृत्यमा सहभागि भइसकेपछि पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले यसखाले सृजनात्मक देउसीले मौलिक संस्कृति जोगाउनुका साथै युवाहरुलाई सृजनशील बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

आज वडा नम्वर १ को पथरी बजार, २ को बुद्धचोक, १० को नयाँमंगलबारे सहित नगरका १ दर्जन ठाउँमा कार्यक्रम प्रस्तुत हुनेछ । सर्जक भवानीप्रसाद दुलालको संयोजकत्वमा देउसी भैलो आयोजक समिति गठन गरी कार्यक्रम अघि बढाइएको छ ।