खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



विश्व शान्तिको लागि मोरङमा ¥यालीको आयोजना


 संवाददाता   October 25, 2019   306 जनाले पढ़िसके




राजकुमारी तामाङ
मोरङको पथरीशनिश्चरे १० मा रहेको ओँम सिंयार जम्मुलिङ बज्र गुम्बामा २१ दिने विश्व शान्तिपूजाको अन्तिम दिन आज शान्ति ¥याली गरिएको छ । १११ लामा गुरु,आनीहरु साथै श्रदालु भक्तजनहरुको उपस्थिीतीमा नगरपरिक्रमा गरिएको हो । नगरपरिक्रमा गर्ने क्रममा नगरबासिले धर्म गुरुहरुलाई भिक्षाटन पनि गरेका थिए ।
मानवीय सुख, शान्तिको नाममा बलि भोग दिदा पाप लाग्ने कुरा चेतना जगाउने साथै कार्तिक महिनामा दान गरे पुण्य मिल्ने भएकाले ¥यालीको आयोजना गरिएको आयोजक समितिका ब्यबस्थापक चन्द्र तामाङले बताएका छन् ।
लोभ, क्रोध, मोहबाट मुक्त भए बुद्धत्व लाभ गर्न सकिने र एक महिनाको कक्षाबाट पनि धेरुै ज्ञान लिन सकिने नेपाल लामा घेदुनका अध्यक्ष गुरु पाल्देन लामा योञ्जनले बताएका छन् ।
नेपाल तामाङ लामा घेदुन संघीय कार्यालयको आयोजना तथा गुम्बाको ब्यबस्थापनमा १ महिने कार्यक्रम आयोजना भएको थियो ।