खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



राजपुर बम विष्फोट ः आलम अझै आठ दिन थुनामा रहने


 संवाददाता   October 25, 2019   298 जनाले पढ़िसके




कात्तिक ८, २०७६
नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई थप ८ दिन थुनामा रहने भएका छन्। छानबिन गर्न प्रहरीले म्याद थपका लागि जिल्ला अदालत रौतहटमा पेश गरेको थियो।
रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप आठ दिनको म्याद थप गरेको अदालतका श्रेष्तेदार गुणराज पराजुलीले जानकारी दिए।
यसअघि थपिएको ५ दिनको म्यादसकिएपछि आलमलाई अदालत लगेर म्याद थप गरिएको हो। भोलिदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गर्न लागिएको हो।
आलम गत असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रो पटक म्याद थप गरि अनुसन्धान गर्न लागिएको हो ।