खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



गौर हत्याकाण्ड पनि छानविन हुन्छ ः ईश्वर पोखरेल


 संवाददाता   October 25, 2019   1083 जनाले पढ़िसके




 

सरकारका कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले गौर हत्याकाण्डको विषयमा पनि छानविन हुनसक्ने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले यस्तो बताएका हुन्।
गौर हत्याकाण्डको विषयमा पनि छानविन हुनसक्ने बताउँदै उनले विगतमा भएका जुनसुकै आपराधिक घटनाको छानविन हुने बताए।
कांग्रेस नेता मो. अफ्ताव आलम पक्राउ गर्नु कुनै प्रतिशोध नभएको उनले बताए। कांग्रेस नेताहरुले नेकपा सरकारले प्रतिशोध साँध्न आफ्ना नेता आलमलाई पक्राउ गरेको भन्दै विरोध गर्दै आएको छ।
पोखरेलले भने सर्वोच्च अदालतले दिएको आदेश सरकारले कार्यान्वयन गरेको जानकारी दिनुभयो। यसमा कांग्रेससँग प्रतिशोध साँध्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारे। पोखरेलले पार्टीका दुईजना अध्यक्षबीच कुनै विवाद नभएको पनि दाबी गरे।
पार्टीमा बहस हुनु छलफल हुनु स्वभाविक भएको भन्दै उहाँले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा भने काँही पनि सहमति नभएको स्पष्ट पारे।
नेकपामा चिनिया सि विचारधारा लागू भएको छ भन्ने विषय गलत भएको भन्दै उनले चिनिया कम्युनिष्ट पार्टीले लागू गरेको सि विचारधारा के रहेछ भनेर बुझ्ने काम आफ्नो पार्टीले गरेको बताए।
नेपालमा आफ्नै मौलिकतामा आधारित विचारधारा लागू हुने पोखरेलको भनाइ छ।