खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चितवन बन्यो च्याम्पियन


 संवाददाता   October 24, 2019   240 जनाले पढ़िसके




२०७६ कार्तिक ७ गते
वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।
बिहीबार भएको फाइनल भिडन्तमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन च्याम्पियन बनेको हो । संयोग नै मान्नुपर्छ, उद्घाटन खेलमा काठमाडौंलाई हराएको चितवनले त्यही टिमलाई हराएर उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो । उसको सुरुवात राम्रो थियो । काजल र कञ्चन श्रेष्ठले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । काजल २१ र कञ्चन १९ रनमा आउट भइन् ।
त्यसपछि सुमन खतिवडाले रित कनोजियासँग ३५ रनको साझेदारी गरिन् । सुमन २९ रनमा आउट भइन्, जतिबेला टिमको स्कोर ८४ रन थियो । थप दुई रन जोड्दा रितु आउट भइन् ।
तर कप्तान इन्दु बर्माले पाँचौं विकेटका लागि प्यारी चौधरीसँग मिलेर अविजित २६ रनको साझेदारी गर्दै टिमको पारी उकासिन् । इन्दुले इनिङको अन्तिम तीनमा लगातार चौका हान्दै टिमलाई राहत दिएकी थिइन् । अनलाईनखबर
११३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।
उसको सुरुवात नै राम्रो हुन सकेन । टिमको स्कोर ९ रन हुँदा शोभा आले आउट भइन् । त्यसपछि लगातार तीन विकेट गुमायो । अप्सरी बेगमले सम्हालिएर खेल्न खोजेकी थिइन् तर १५ रनमा आउट भइन् । ममता थापाले १३ रन बनाइन् ।