खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अझै भएनन् नेकपाका उम्मेदवार सिफारिस


 संवाददाता   October 24, 2019   231 जनाले पढ़िसके




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यही कात्तिक १० गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएपनि अहिलेसम्म एउटै जिल्ला तथा प्रदेशले पनि उम्मेदवार सिफारिस गरेका छैनन् ।
उम्मेदवार सिफारिसका लागि सचिवालयले दिएको समयसीमा सकिन अव ३ दिनमात्र बाँकी छ ।
गत असोज २९ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला तथा प्रदेश कमिटीहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि सम्बन्धित प्रदेश र जिल्ला कमिटीलाई तीन–तीन जनाको नाम केन्द्रमा सिफारिस गर्न निर्देशन दिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले समय अझै बाँकी रहेकाले १० गतेभित्र सिफारिस आइपुग्ने बताए । उनले जिल्ला तथा प्रदेश कमिटिबाट उम्मेदवार सिफारिस भएर आएपछि केन्द्रले छलफल गरेर अनुमोदन गर्ने बताए ।
नेकपाले स्थानीय तहका उम्मेदवार छनोट गर्न भने प्रदेश कमिटीलाई नै अधिकार दिएको छ ।
मंसिर १४ गते प्रतिनिधि सभा सदस्य–१ र प्रदेश सभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयनपत्र कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता गर्नुपर्ने छ ।