खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दोस्रो पथरीशनिश्चरे खुल्ला नक आउट फुटबल प्रतियोगिताको उपाधि डाँगिहाट फुटबलको पोल्टामा


 संवाददाता   October 24, 2019   694 जनाले पढ़िसके




एलिना दियालि

पथरीशनिश्चरे
लेटाङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो पथरीशनिश्चरे खुल्ला नक आउट फुटबल प्रतियोगिताको उपाधि डाँगिहाट फुटबल क्लबको पोल्टामा परेको छ ।
बुधबार भएको फानलमा डाँगिहाट फुटबल क्लबले प्रतियोगिताको उपाधि सँगै नगद रु ८१हजार एक सय एघार रुपैँया सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।
निकै राम्रो खेल प्रर्दशन गरेता पनि लेटाङ फुटबल क्लब भने उपबिजेतामा चित्त बुझाउन बाध्य भयो । उस्ले नगद रु ५१ हजार एक सय एघार साथैट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै विधागत तर्फ उत्कृष्ट गोल रक्षक,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट डिफेन्डर,उदयमान खेलाडि,बेस्ट प्लेयर अफ द टुर्नमेन्ट र उत्कृष्ट प्रक्षिकलाई समेत नगद तथा ट्रफिले पुरस्कृत गरिएको छ ।
बडा दँशै,शुभ दिपावपलि र छैठ पर्वको अवसरमा भएको खेल को मुख्य प्रायोजक पथरीशनिश्चरे परिवार हङकङ र नगर खेलकुद विकास समिति पथरीशनिश्चरे तथा सुनाखरी युवा क्लबको आयोजना भएको हो ।
असोज २९ गते देखि सुरु भएको प्रतियोगितामा प्रदेश नम्बर एकका ८ वटा फुटबल टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई सहयोग गर्न सँधै तत्पर रहेको बताएका छन् ।