खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तिहार अघि नै लाखौँको सयपत्री बिक्रि


 संवाददाता   October 23, 2019   430 जनाले पढ़िसके




धनकुटा कार्तिक ६, २०७६
धनकुटाका विभिन्न ग्रामिण क्षेत्रमा सयपत्री फूल बिक्रिबाट कृषकले मनग्य आम्दानी हात पारेका छन् । धनकुटा नगरपालिकाको खासगरी ३, ४ र ५ वडामा वैकल्पिक रुपमा व्यवसायिक फूल खेती हुँदै आएको छ । धनकुटामा हालसम्म ५० लाख बढिको फूल बिक्रि भइसकेको स्थानीय कृषकले बताए ।
धनकुटा ३ को निगाले, सिप्तिङ, सेउले, कागते लगायतका गाउँमा तिहार नजिकिएसँगै यतिबेला फूल खरिद गर्न कृषकको बारीमा खरिदेको तछाडमछाड नै चलेको स्थानीय जितेन्द्र राई बताउँछन् ।
कृषकलाई पहिल्यै रकम दिएपनि तिहार सुरु भएपछि खरिदेले फूल बजारमा बिक्रिका लागि लैजाने गर्छन् । धनकुटा ५ कर्मीटारका गोविन्द श्रेष्ठले एक लाख बढिको सयपत्री बिक्रि गरेका छन् । उनले आफुले उत्पादन गरेसँगै आसपासका अन्य कृषकको सयपत्री समेत खरिद गरेर धरान लगायतका बजारमा बिक्रि गर्ने बताए ।
सोहि गाउँका खगेन्द्र खतिवडाले आधा रोपनी क्षेत्रफलबाटै ७२ हजार आम्दानी गरे उन्नत जातको सयपत्री खेती गरेका छन् । स्थानीय बेनु आठपहरियाले ८३ हजारको फूल बिक्रि गरेको बताइन् । नविन लिम्बुले पनि ३० हजार बढिको सयपत्री बिक्रि गरे ।
धनकुटा ४ ठोका गाउँका सूर्य आठपहरिया लगायतले पनि मनग्य आम्दानी हात पारेको जनाए । सयपत्री बिक्रि गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि कृषकलाई सहज भएको छ । तर, खरिदेले कृषकबाट दोब्बर गुना नाफा गर्दै आएका छन् । पछिल्लो समय कतिपय कृषक स्वयम् पनि धनकुटा, धरान, इटहरी लगायतका बजारमा आफ्नै पहलमा ढुवानी गरेर बिक्रि थालेका छन् । स्थानीय कृषकले न्यूनतम ५० हजार देखि २ लाखसम्म आम्दानी गरिरहेका छन् ।
रेडियो कान्तिपुरको अनलाइनबाट