खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



राष्ट्रिय नेपाल – बंगलादेश प्राविधिक समितिको बैठक जारी


 संवाददाता   October 23, 2019   172 जनाले पढ़िसके




कार्तिक ६, २०७६
नेपाल बंगलादेश प्राविधिक समितिको बैठकमा गैरभन्सार सहजीकरण, लगायत विभिन्न विषयमा आजपनि छलफल हुँदैछ । बैठकमा नेपाली पक्षले गैरभन्सार अवरोध तथा निर्यात सहजीकरण लगायत २३ वटा विषयलाई प्राथमिकतामा राखेको छ ।
नेपाली विद्यार्थीको भिसा प्रक्रिया सहजीकरणको विषय आज टुंगो लाग्ने नेपाली पक्षको नेतृत्व गरिरहनुभएका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।
त्यस्तै खाद्य सुरक्षाबारे पनि दुई मुलुकबीच सम्झौताको तयारी भइरहेको छ । एकअर्काको प्रयोगशालालाई मान्यता तथा प्लान्ट क्वारेन्टाईन र सुचना आदान प्रदानका विषयमा बैठकले निर्णय गर्नेछ ।
यो बैठकलाई आगामी जनवरीमा हुने वाणिज्य सचिवस्तरिय बैठकको तयारीका रुपमा समेत हेरिएको छ । बैठकमा छलफल भएका तर निर्णय नभएका विषयमा आगामी जनवरीमा बस्ने सचिवस्तरिय बैठकमा प्रस्तुत गर्ने गरी दुबै पक्ष अघि बढेका छन् ।
राजधानीको एक होटलमा हिजोबाट सुरु भएको वार्ता आज साँझ सकिनेछ । वार्तामा नेपाली पक्षको नेतृत्व मन्त्रालयका सहसचिव ढकाल र बंगलादेशको नेतृत्व त्यहाँको मन्त्रालयको अतिरिक्त सचिव सरिफा खानले गर्नुभएको छ ।