खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



रौतहट बमकाण्डः तत्कालिन सिडिओ र प्रहरीप्रमुख छानविनमा


 संवाददाता   October 23, 2019   254 जनाले पढ़िसके




६ कार्तिक २०७६, बुधबार
राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुख छानविन दायरामा परेका छन्।
तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा र सरकारी वकिल कार्यालयका प्रमुख ध्रुबमणि ज्ञवाली छानविन दायरामा तानिएका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। रौतहटका तत्कालिन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको भने मृत्यु भइसकेको छ।
बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठजनालाई जलाएर मारेको आरोपमा कांग्रेस सांसद महम्मद अफताव आलम पक्राउ परेपछि रौतहट प्रहरीले त्यतिबेला जिल्लाको प्रशासनिक नेतृत्व गर्ने अधिकारीहरुसँग अनुसन्धानका लागि सहयोग माग्ने र घटना कसरी भयो भन्ने जानकारी लिने उद्देश्यले उनीहरुलाई बोलाउने तयारी गरेको हो। रौतहट प्रहरीले मंगलबार दुईजना साक्षीको बयान लिएको छ। सरकारी वकिलसमक्ष उनीहरुले बम विस्फोटका घाइतेलाई अहिले चर्चामा आएको बाहेक अर्को इँटाभट्टामा समेत लगेर जलाइएको बताएका छन्।
आवरबिराटनगर