खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



छुवाछुत घटनाको राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन


 संवाददाता   October 23, 2019   260 जनाले पढ़िसके




 

मोरङको पथरीशानिश्चरे बजारमा होटलमा चिया खाँदा छुवाछुत गरेको घटना राष्ट्रिय मानव अधिकारको टोलीले अनुगमन गरेको छ । जातिय बिभेद र छुवाछुत घटनाको सत्यतथ्य पत्ता लगाउन मंगलवार राष्ट्रिय मानव अधिकार आयोगको एक नम्बर प्रदेश कार्यालयकी निमित्त प्रमुख गीता दाहालको टोलीले स्थलगत अनुगमन गरेको हो ।
आयोगकी निमित्त प्रमुख तथा अनुसन्धान अधिकृत दहालको नेतृत्वमा गएको टोलीले छुवाछुत भएको घटना स्थल, प्रत्यक्षदर्शी, स्थानीबासी र पिडित र पिडक पक्षसँग भेटघाट गरेर जानकारी संकलन गरेको छ । यसैगरि मुद्दाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मीराज अधिकारीसँग पनि प्रगतिबारे जानकारी लिएको छ ।
मंगलबार नै पथरी शनिश्चरेमा भएको घटनामा के कसरी अनुसन्धान भैरहेको छ भन्नेबारे जिल्ला प्रहरी कार्यालय मोरङसँग विवरणका लागि आयोगले पत्राचाार गरेको अनुसन्धान अधिकृत दाहालले बताइन । उनले घटनाको सबै अनुसन्धान सकेर आयोगले प्रतिवेदन तयार गर्ने जानकारी दिइन् । छुवाछुत घटनामा मानव अधिकार आयोग र अधिकारवादी संस्थाहरुले अनुगमनमा चासो नदिएको पिडितहरुले गुनासो गरेका थिए ।
२० असोजमा डिमोने कामीलाई पथरीशनिश्चरे ९ स्थित पथरीशनिश्चरे बजारमा ४५ वर्षीय टलकबहादुर पाण्डेको होटलमा सानो जाति भन्दै चिया खाने बेलामा छुवाछुत गरिएको थियो । दशैं सकिए लगत्तै पिडित डिमोनले दलित अधिकारकर्मीहरुको सल्लाहमा छुवाछुत आरोपीहरु पाण्डे र पथरीशनिश्चरे नपा ४ जरायो टोलका ७५ वर्षीाय रुद्रबहादुर कटुबाल बिरुद्ध २८ असोजमा ईप्रका पथरीमा जातिय विभेद तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार किटानी जाहेरी दर्ता गराएका थिए ।
किटानी जाहेरी परेपछि प्रहरीले छुवाछुत आरोपीहरुलाई २९ असोजमा पक्राउ गरेर अदालतमा म्याद थप गराएको थियो । यता छुवाछुत आरोपी होटल संचालकका आफन्तले आफुहरुले छुवाछुत नगरेको बरु उल्टै डिमोनले होटलमा जबरजस्ती पसेर गालीगलौज गरेको भन्दै उजुरी दिएपछि प्रहरीले डिमोनेलाई पनि पक्राउ गरेर ३० असोजमा अभद्र व्यवहारमा जिल्ला प्रशासन मोरंङमा मुद्दा दर्ता गराएको थियो
छुवाछुत मुद्दा प्रहरीले सरकारी वकिललाई जिम्मा लगायो
छुवाछुत गर्ने दुई जना आरोपीहरुको मुद्दा प्रहरीले एक हप्तामै सरकारी वकिलको कार्यालयमा बुझाएको छ । निर्देशन अनुसारको अनुसन्धान सबै पुरा भएकोले आरोपीहरु होटल संचालक टलकबहादुर पाण्डे र रुद्रबहादुर कटुवालको मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएको इलाका प्रहरी पथरीका डिएसपी लक्ष्मीराज अधिकारीले बताए ।
सरकारी वकिलको कार्यालयका प्रवक्त्ता उमेश पाण्डेले प्रहरीले अनुसन्धान सकेर मुद्दा जिम्मा लगाएकोले बुधबार जिल्ला अदालत मोरङमा बुझाउने वताए । अदालतमा आरोपीहरुको बयान सकेपछि थुनछेक बहस हुनेछ ।
जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कुनै पनि सार्वजनिक र नीजि क्षेत्रमा जातिय बिभेद र छुवाछुत गर्नेलाई ३ महिनादेखि ३ वर्षसम्म कैद सजाय ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना र पिडितलाई बिगो अनुसारको क्षतिपुर्तिको व्यवस्था छ । साथै जातीय छुवाछुत गर्न उक्साउने वा सहयोग गर्नेलाई पनि बराबरी सजाय हुने ऐनमा उल्लेख छ । ऐन अनुसार सरकारी ओहोदाको व्यक्ति भए दोब्बर सजाय हुने व्यवस्था छ ।
कोशीअनलाईन