खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चन्द्रागिरी गोल्डकप कात्तिक अन्तिम साता


 संवाददाता   October 23, 2019   308 जनाले पढ़िसके




कार्तिक ६, २०७६
चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण कात्तिक अन्तिम साताबाट हुने भएको छ । आयोजक दीपशिखा युवा समूहले पत्रकार सम्मेलन गरी प्रतियोगिता कात्तिक ३० देखि मंसिर ७ गतेसम्म गर्ने जनाएको हो ।
काडमाडौंको नैकापस्थित खेल मैदानमा हुने प्रतियोगितामा आयोजकको दुई टिम सहित र ’ए’ डिभिजनका क्लब गरी बढीमा १० टिमको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर नकआउटका आधारमा खेलाईने प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जनाए ।
यो संस्करणमा विजेताले पाउने पुरस्कार रकममा ५० हजारले वृद्धि गरेर ६ लाख ५० हजार र्पुयाइएको छ । उपविजेताले ३ लाख ५० हजार पाउने छन् । भ्याली च्यासल युथ क्लब प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन हो । पहिलो संस्करणको उपाधि हिमालयन शेर्पा क्लबले जितेको थियो ।