खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



उपचुनावका लागि तोकियो निर्वाचन अधिकृत


 संवाददाता   October 22, 2019   239 जनाले पढ़िसके




मंसिर १४ गते हुने उपचुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले न्याय परिषद्को परामर्शमा ३७ जना जिल्ला न्यायाधीशलाई मूख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको हो ।
आयोगले प्रतिनिधिसभादेखि वडा अध्यक्षसम्मको रिक्त रहेको पदमा चुनाव गर्न तयारी तीव्र पारेको छ । मंसिर १४ गते ३७ जिल्लाका प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।