खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक, भारतीय भाषामै लिए सपथ


 संवाददाता   October 22, 2019   296 जनाले पढ़िसके




 

पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी भएको प्रमाण फेला परेको छ ।
उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका रुपमा उनी निर्वा्चित भएका थिए । निर्वा्चित भएलगत्तै हिन्दी भाषामा उनले सपथ खाएको सपथपत्रसमेत सार्वजनिक भएको छ ।
शपथपत्रमा उनले भनेका छन्, ‘मिनजानिब देवेन्द्रराज कँडेल (उपप्रबन्धकरउपमन्त्री व कार्यवाहक अध्यक्षरचेयरमैन) पुत्र स्व. पृथ्वीराज कँडेल–३३ कसया रोड, बेतिया हाता, जनपद–गोरखपुर– शपथकर्ता स–शपथ निम्न बयान करता है– यह कि हम शपथकर्ता बहलफ बयान करता हूँ व कसम खाता हूँ कि हम शपथकर्ताका उपरोक्त नाम, पद, पिताका नाम व पता जो उपर दर्ज हैं सही व सच है ।’
कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी परेको छ । अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ ।
नेपाल प्रहरी स्रोतले कँडेलसँग भारतको आधारकार्ड, मतदाता परिचय पत्रलगायत प्रमाणपत्र रहेको दाबी गरेको छ । उनले दोहोरो नागरिकता लिएको विषयमा भारतमा पनि छानबिन भइरहेको छ । भारतीय कानुनअनुसार कुनै पनि प्रतिष्ठानमा गैरभारतीय नागरिकले पदाधिकारी बस्न नपाउने प्रावधान छ ।
कँडेल कलेज सञ्चालक समितिको अध्यक्ष मात्र होइन, भारतीय मतदाता पनि रहेको दाबी हिन्दुस्तान दैनिकले गरेको छ ।
कँडेलले भने आफू नेपाली नागरिककै हैसियतले उक्त स्कुलको अध्यक्ष बनेको दावी गरेका छन् । यसरी उनले नेपाल र भारत दुवैतर्फको नागरिकता लिएको पाइएको हो । पुष्टि भए दुवै देशको कानुनअनुसार कारवाही हुनेछ ।
उनले आफ्नो ठूला बुबाको परिवार अहिले पनि भारतीय नागरिकको हैसियतमा रहेको बताउँदै आफू भने भारतको मतदाता सूचीमा नरहेको दावी गरेका छन् ।
न्युजलय