खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



इटहरी नेकपामा सहमतीसँगै भोलि ताला खुल्दै, ९ गते माधव नेपाल आउँदै


 संवाददाता   October 22, 2019   215 जनाले पढ़िसके




मङ्गलबार ०५, कार्तिक २०७६
आगामी ९ महिनाभित्र नगर अधिबेशन गर्ने सहमतीसँगै नेकपा इटहरी नगर कमिटिमा देखिएको विवाद सकिएको छ । इटहरी नगर कार्यालय र प्रदेश कार्यालयमा लागेको ताला बुधबार खुल्ने भएको छ ।
सोमबार भएको सहमतीअनुसार एकता प्रक्रियामा छुटाइएकाहरुलाई बिधानअनुसार १० प्रतिशत मनोनित गर्नेसमेत सहमती बनेको छ । समावेश गरीएकामध्ये २ जनालाई कार्यालय र एक तिहाइ सचिबालय सदस्य बनाउनेसमेत मौखिक सहमती भएको हो ।
भ्रष्टाचारको आरोप लागेका विभिन्न कमिटिका व्यक्तिहरुको जिल्लास्तरिय छानबिन समिती बनाउनेसमेत सहमती बनेको छ ।
यस्तै इटहरी उपमहानगरको एकता प्रक्रीयाको क्रममा एमाले कार्यदलमा रहेका व्यक्तिहरु जिम्मेवार नभएको भन्दै सो विषयमा समेत छलफल गर्ने सहमती बनेको असन्तुष्ट समुहले जानकारी दिएको छ ।
बार्तामा प्रदेश सह इन्चार्ज सावित्री काफ्ले, प्रदेश १ अध्यक्ष देवराज घिमिरे, सचिव हिमाल राई, सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौला, जिल्ला सदस्य नन्द बस्नेत, प्रदेश सांसद सर्वध्वज साँवा, लिलम बस्नेत, नेकपा नेताहरु अरुण गुरुङ होमनाथ धमला, सुनिल कार्की, बिरेन्द्र गौतमलगायतको उपस्थिती थियो ।
यसअघि असन्तुष्ट पक्षले नेकपा इटहरी सचिव काशीनाथ दंगाललाई प्रक्रिया मिचेर जिम्मेवारी दिइएको भन्दै बर्खास्तगीको माग गरेका थिए ।
नगर सचिव दंगालले भने प्रक्रियाअनुसार नै आफ्नो नियुक्ति भएको बताउँदै ताला खुलाउने विषयमा पनि विधि र प्रक्रियाअनुसार नै अघि बढ्ने गरी सहमती बनेको उनले बताए ।
यसैबिच तिहारको शुभकामना आदानप्रदानको लागि नेकपा नेता माधव नेपाल इटहरी आउँदैछन् । कात्र्तिक ९ गते ज्योति माविमा नेता नेपालको सहभागितामा शुभकामना आदानप्रदान हुने भएको हो । पार्टी कमिटिको विवाद र तालाबन्दीका कारण दशैंको शुभकामना आदानप्रदान कार्यक्रम हुन सकेको थिएन ।
न्युजलय