खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेकपा नेता गुणराज लोहनी चितवनबाट पक्राउ


 संवाददाता   October 22, 2019   256 जनाले पढ़िसके




कात्तिक ५, २०७६
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। एकसाताअघि नेकपा केन्द्रीय सदस्यबाट निकालिएका उनलाई सादा पोशाकको प्रहरीले पक्राउ गरेको हो।
विप्लवनिकट पत्रिका रातोखबरबाट पनि निकालिएका उनलाई चितवन प्रहरीको हिरासतमा राखिएको छ।
उनी तत्कालीन नेकपा (माओवादी) को शिक्षक संगठनको अध्यक्ष थिए। माओवादी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा रहेर विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए। विप्लवले उनलाई बिरामी रहेकाले केन्द्रीय सदस्यबाट हटाएको जनाएको छ।